मेरो डान्स र ‘मेरो भ्वाइस कप’ घोषणा

7 months ago

मेरो डान्स र ‘मेरो भ्वाइस कप’ घोषणा

मेरो डान्स कप’ को चौथो सिजन र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको औपचारिक घोषणा गरिएको छ । अमेरिकाको ओहोयास्थिति एक्रोनमा जनवरी ४ तारिखमा ग्रान्ड ओपनिङ हुने ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को बारेमा बिहीबार राजधानीमा एक कार्यक्रमका बीच जानकारी गराइयो । ‘मेरो डान्स कप’ मा अभिनेत्री केकी अधिकारी र ‘मेरो भ्वाइस कप’ मा गायक प्रमोद खरेल निर्णायकको रुपमा रहनेछन् ।

नृत्य र गायनमा रुचि हुने नव प्रतिभाहरुलाई अवसर दिने उद्येश्यले आयोजना गर्न लागिएको यी दुई रियालिटी शोको अमेरिकाको विभिन्न शहरमा अडिसन हुने अभिनेत्री केकी अधिकारीले जानकारी दिइन् । अडिसनबाट छानिएका करीब २० जना नव प्रतिभाले यस रियालिटी शोमा सहभागिता जनाउन पाउने उनको भनाई छ । ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ का विजेताले टोयोटा कार र १० तोला सुन प्राप्त गर्नेछन् ।

त्यस्तै, दोस्रो हुने विजेताले गोल्डेन कपसँगै आकर्षक उपहार पाउनेछन् भने तेस्रो हुनेले एउटा सिल्भर कप र आकर्षक उपहारहरु पाउने आयोजक सदस्यमध्येकी अभिनेत्री रीमा विश्वकर्माले जानकारी दिइन् । ‘इन्टरनेशनल होम केयर’ का सञ्चालक डिल्ली अधिकारीको आयोजनामा ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ हुन लागेको हो । नृत्य र गायनमा रुचि हुनेका लागि यो रियालिटी शो ओपन प्लाटफर्म रहेको अभिनेत्री केकी बताउँछिन् ।

‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को उद्घाटन कार्यक्रममा सहभागी हुन बिहीबार साँझ अमेरिका प्रस्थान गर्न लागेकी उनले नयाँ प्रतिभाहरुलाई अवसर र कला सस्कृतिलाई जोगाउने हिसाबले यो रियालिटी शो आयोजना हुँदै आएको बताइन् । उनी ‘मेरो डान्स कप’ को दोस्रो र तेस्रो सिजनमा पनि निर्णायकको भूमिकामा थिइन् । दुवै रियालिटी शोको ग्रान्ड फिनाले अगस्टमा हुनेछ ।

‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को उद्घाटन कार्यक्रममा नेपाली फिल्म र सांगीतिक क्षेत्रका चर्चित व्यक्तिहरुको उपस्थिति रहने बताइएको छ । सन्दीप क्षेत्री, बाबु बोगटी, दीलिप रायमाझी, सुशील क्षेत्री, सारंगा श्रेष्ठ, मेलिना मानन्धर, अरुणिमा लम्साल, शिव परियार, अञ्जु पन्तलगायत ३० भन्दा बढी फिल्म र संगीत क्षेत्रका व्यक्तिहरुकोे उपस्थिति रहने कार्यक्रममा जानकारी गराइयो ।

अभिनेत्री केकी ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को उद्घाटन कार्यक्रममा सहभागी हुन बिहीबार अमेरिका प्रस्थान गर्न लागेको भए पनि गायक प्रमोद खरेल भने केही समयपछि मात्र अमेरिका जानेछन् । गायक खरेलले विदेशी भूमिमा यस खालका कार्यक्रमहरु हुनु एकदमै राम्रो रहेको बताए । नृत्य र गायनमा रुचि हुनेहरुका लागि ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ एउटा ठूलो मञ्च सावित हुने उनको विश्वास छ ।


Facebook Comments
Leave a comment

Related News/Blog

 हास्य कलाकारको व्यक्तिगत र पेशागत यात्राको कथामा  ‘सेल्फी किङ’ ट्रेलर
हास्य कलाकारको व्यक्तिगत र पेशागत यात्राको कथामा ‘सेल्फी किङ’ ट्रेलर
6 months ago BodhiHD

  फिल्म ‘सेल्फी किङ’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच…

दशौं नेफ्टा अवार्ड घोषणा
दशौं नेफ्टा अवार्ड घोषणा
6 months ago BodhiHD

चलचित्र प्राविधिक संघ (नेफ्टा) को आयोजनामा हुँदै आएको ‘नेफ्टा फिल्म अवार्ड’को दशौं संस्करण घोषणा भएक…

विराजको धमाकेदार एक्सनः ‘साङ्लो’ ट्रेलर रिलिज
विराजको धमाकेदार एक्सनः ‘साङ्लो’ ट्रेलर रिलिज
7 months ago Admin

अभिनेता विराज भट्टको अभिनय, निर्माण र डेब्यू निर्देशनमा बनेको एक्सन(लभस्टोरी जनरामा निर्मित फिल्म ‘स…

मेरो डान्स र ‘मेरो भ्वाइस कप’ घोषणा
मेरो डान्स र ‘मेरो भ्वाइस कप’ घोषणा
7 months ago BodhiHD

मेरो डान्स कप’ को चौथो सिजन र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको औपचारिक घोषणा गरिएको छ । अमेरिकाको ओ…

‘दि कर्मा’को ट्रेलर सार्वजनिक
‘दि कर्मा’को ट्रेलर सार्वजनिक
7 months ago BodhiHD

माघ १७ गते देखी प्रदर्शनमा आउने नेपाली चलचित्र ‘दि कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट चालि…

‘प्रेमगीत ३’ मा , सुनिल थापाको यस्तो अवतार
‘प्रेमगीत ३’ मा , सुनिल थापाको यस्तो अवतार
7 months ago BodhiHD

फिल्म ‘प्रेमगीत ३’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार सुनिल थापाको क्यारेक्टर …

‘दबंग ३’ ले ५ दिनमा पार गर्‍यो सय करोड
‘दबंग ३’ ले ५ दिनमा पार गर्‍यो सय करोड
7 months ago BodhiHD

अभिनेता सलमान खान स्टारर फिल्म ‘दबंग ३’ ले प्रदर्शनको ५ दिनमा सय करोडको आँकडा पार गरेको छ । फिल्मले …

‘नीरफूल’ अफिसियल रिलिज घोषणा
‘नीरफूल’ अफिसियल रिलिज घोषणा
7 months ago BodhiHD

दयाहाङ राई स्टारर फिल्म ‘नीरफूल’ले नयाँ रिलिज डेट तय गरेको छ । आउँदो फागुन ३० गते फिल्म देशब्यापी प…

‘सिने स्टार अवार्ड २०२०’ क्यानडाः उत्कृष्ट तीन मनोनयन सार्वजनिक
‘सिने स्टार अवार्ड २०२०’ क्यानडाः उत्कृष्ट तीन मनोनयन सार्वजनिक
7 months ago BodhiHD

क्यानडामा हुन गइरहेको पहिलो ‘सिने स्टार अवार्ड २०२०’ को उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । …

‘सेन्टी भाइरस’ गीत धुर्मुससँग सुन्तली, दयासँग अन्जलीको ‘फनफनी’
‘सेन्टी भाइरस’ गीत धुर्मुससँग सुन्तली, दयासँग अन्जलीको ‘फनफनी’
7 months ago BodhiHD

चलचित्र ‘सेन्टी भाइरस’को ‘फनफनी’ गीत सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनम…

मिथिला र सुरक्षाको रुवाउने ‘आमा’ ट्रेलर
मिथिला र सुरक्षाको रुवाउने ‘आमा’ ट्रेलर
7 months ago BodhiHD

फिल्म  ‘आमा’ को ट्रेलर इन्टरनेट रिलिज भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्ष…

वरिष्ठ हास्यकलाकार आनन्द थापाको निधन
वरिष्ठ हास्यकलाकार आनन्द थापाको निधन
7 months ago BodhiHD

फिल्म ‘मनको बाँध’ बाट अभिनय सुरु गरेका उनले ‘कुमारी’, ‘कान्छी’, ‘मायाप्रिती’, ‘अचानक’, ‘वरदान’ लगायत…